About us

नेपाल र फ्रान्स अनि यूरोप र नेपाल बिचको संबन्ध अझै बढि सुमधुर बनाउन बिगतमा भएका, आजकल हुँदै गरेका र भविष्यमा हुनसक्ने आदान-प्रदानका बिविध बिषयहरुलाई एकातिर संकलन गर्ने, संरक्षण गर्ने र जनमानसमा ल्याउने अनि अर्कोतिर ति बिषयहरुमा हुने कार्यक्रमहरुलाइ प्रोत्साहन गर्दै आवस्यक सहयोग र समर्थन जुटाउने मुल उदेस्य लिएर सन २००२ देखी प्यारीसबाट फ्रान्स नेपाल मेडियाको सुरुवात भएको हो। त्यतिखेर बिनोद बोदलेर र सुरज खकुरेल यो योजनाको सुत्राधार थिए।

बिसेस गरी नेपालमा घट्ने महत्वपुर्ण घटनाहरुलाई फ्रान्सेली भाषामा र फ्रान्समा हुने नेपाल संवन्धी सबै प्रमुख घटनाहरुलाई नेपाली भाषामा उपलब्ध गराउन सँधै यो मेडिया बढि सक्रिय रहने छ।

नेपाल फ्रान्स मैत्री संघ, गैर-आवासीय नेपाली संघ लगायत अन्य बिभिन्न संस्थाहरु, दुबै देशका दुतावास, फ्रान्स-नेपाल संसदिय समिती, दुबै देशका राजनीतिज्ञ, कूटनीतिज्ञ, अनुसन्धानकर्ता, पर्वतारोही, सञ्चारकर्मी, उद्योगपति, कवि, लेखक, कलाकार र बिभिन्न बिषयका बिज्ञहरु सँग यो मेडियाले सहकार्य गर्दै आफ्नो कार्य संपादन गर्ने छ।

सुरुका बर्षहरुमा बढि www.francenepal.info मार्फत यो मेडिया संञ्चालित थियो भने आगामी दिनहरुमा  सिधै www.francenepal.com मार्फत हाम्रा सेवाहरु नेपाली, फ्रान्सेली र अंग्रेजी भाषामा उपलब्ध हुनेछन।

यो संस्था नयाँ संरचना बनाएर आउँदै भएकोले त्यतिन्जेल सम्म प्रतिक्षा गर्नु हुन बिनम्र अनिरोध गर्दछु।

 

प्रधान संपादक:  बिनोद बोदलेर
info@francenepal.com
+33 7 64 20 24 96