युरोप क्षेत्रीय उप-संयोजक पदका उमेद्वार मिन बहादुर जि. सी. संग कुराकानि

आगामी १४ देखी १७ अक्टोवर सम्म काठमाण्डौमा हुन गैरहेको गैर-आवासीय नेपाली संघको आठौं विश्व सम्मेलनमा भाग लिन एनआरएन फ्रान्सबाट प्रस्तावित आइसीसी सदस्य सुवर्ण विक्रम हमालको नेतृत्वमा एक प्रतिनिधि मंडल काठमाण्डौ पुग्दै छ।

उक्त प्रतिनिधि मंडलमा एनआरएनए फ्रान्सका पुर्व अध्यक्षद्वय निर्मल अर्याल र भक्त वाग्ले, आइसीसी सदस्य मिन बहादुर जी. सी., प्रस्तावित आइसीसी सदस्य सुवर्ण विक्रम हमाल,  कोषाध्यक्ष मिन कुमार श्रेष्ठ लगायत अन्य सदस्यहरु मैया कटुवाल, किरण के सी, कमल राज अधिकारी, शिव प्रसाद शर्मा, लक्ष्मी भण्डारी, सरस्वती खड्का,  नानु देवकोटा,  मिंगमा सेर्पा,  अमर भण्डारी र सुजन भट्टराई सम्मिलित हुने कुरा एनआरएनए फ्रान्सले बताएको छ।

सो प्रतिनिधि मंडलमा प्रतिनिधित्व गर्ने फ्रान्सको आइसीसी सदस्य मिन बहादुर जि. सी. ले यो आठौं विश्व सम्मेलनको अवसरमा हुने निर्वाचनमा युरोप क्षेत्रीय उप-संयोजक पदमा आफ्नो उमेद्वारी दिने घोषणा गरेका छन।

मिन बहादुर जि. सी. फ्रान्सको नेपाली समुदाय र नेपाल प्रेमी फ्रान्सेली समुदायमाझ एक सर्वपरिचित नाम हो। उनी फ्रान्सेली संस्कृतिको गहिराइ छामेका, यहाँको रहनसहन र तौर-तरीकामा राम्ररी भिजेका अनी ज्ञान, सिप र संस्कार तिन वोटै अस्त्रले सुसज्जित ब्यक्तित्व हुन।

प्रस्तुत छ गैर-आवासीय नेपाली संघ फ्रान्सका आइसीसी सदस्य तथा युरोप क्षेत्रीय उप-संयोजक पदका प्रत्यासी मिन बहादुर जि. सी. सँग फ्रान्स नेपाल मेडियाका संपादक बिनोद बोदलेरले गरेको एक छोटो कुराकानी।

  • एनआरएनए युरोपको क्षेत्रिय उप-संयोजकमा उम्मेदवारी दिने घोषणा गर्नु भएको छ कुनकुन ऐजेण्डा लिएर निर्वाचनमा जाँदै हुनुहुन्छ ?

हामी अन्तर्राष्ट्रीय सञ्जाल भएको एक सक्रिय सामाजीक संस्थाको आठौं विश्व सम्मेलनमा हुने निर्वाचनको कुरा गरिहेको छौं। त्यो संस्था हो १४ बर्ष अघी “नेपालीले नेपालीको लागी” भन्ने नारा लिएर स्थापना भएको गैर-आवासीय नेपाली संघ । आज यो संघले संसारभरका ७८ देशमा राष्ट्रिय समन्वय परिषद गठन गरी नेपालीहरुको सबै भन्दा ठूलो विश्वव्यापी सांगठनिक सञ्जाल खडा गर्न सफल भएको छ। अब आउने दिनमा खास गरी बिदेशमा बसेका नेपालीहरुलाई हामीले कसरी एक गराउने, उनीहरुलाई पिर-मर्का पर्दा कसरी साथ दिने, आफ्नो देश नेपालको अर्थतन्त्र रुपान्तरण गर्न योगदान हुने कस्ता योजनाहरु कसरी तयार पार्ने जसले गर्दा भावी पुस्ताले कामको खोजीमा बिदेशमा यता उता भौंतारिन नपरोस। आ-आफ्नो इच्छा र चाहना अनुसार उनिहरुले आफ्नै माटोमा अनि आफ्नै डाँडा-पाखा मै खुसी भै सुखी जिवन बाँच्न सकुन ।

जनचेतना फैलाउने कार्यक्रम ल्याउनु पर्छ:
एक ससक्त सामाजिक संस्थाको रुपमा एनआरएनले जनचेतना फैलाउने थुप्रै कार्यक्रमहरु सञ्चालन गर्न सक्नु पर्छ। जस्तो अन्ध-अपाङ्गहरु, दुख र मर्कामा पिरोलिएका परिवारहरुको आँसु पुछ्न सर्वप्रथम उनीहरुलाई आवस्यक परेको सहि सूचना  र शिक्षा हाम्रो संघले उपलब्ध गराउन सक्नु पर्छ । यस्ता विविध बिषयमा युरोपेलीहरु सँग हामीले धेरै सिक्न सक्छौं, संमन्वय गर्न सक्छौं र सहयोग लिन सक्छौं।

भाषामा पोख्त हुन जोड दिनु पर्छ:
अर्को कुरा गैर-आवासीय नेपाली संघले नेपालीहरुलाई आफु बसेको मुलुकको भाषामा पोख्त हुन र त्यहाँको समाजमा राम्ररी भिज्न आवस्यक पर्ने कार्यक्रमहरु चलाउन सक्नु पर्छ। यो हामी बिदेसमा बस्ने नेपालीहरुकोलागी अपरिहार्य कुरा भै सकेको छ।

म्रिश्रित परिवारहरुलाइ आकर्षण गर्नु पर्छ:
गैर-आवासीय नेपाली संघले नेपाली र बिदेशी म्रिश्रित दम्पतिहरु र वहाँहरुका छोरा-छोरी, नाति-नातिनाहरुलाई पनि सानै देखी संघको क्रियाकलापमा आकर्षण गर्न सक्नु पर्छ। यसको लागी छुट्टै योजना बनाउनु जरुरी छ।
 
अली भिन्न तरिकाले हुन सक्छ तर उनीहरुले पनि नेपाललाई उत्तिकै मायाँ गर्छन अनी उत्तिकै आत्मीय ठान्दछन । उनीहरुको अली फरक हेराइ र फरक सोच, अली फरक अनुभव र फरक मुल्याङ्कन नेपाली समाजलाई रुपान्तरण गर्न, देश भित्र बस्ने नेपालीको हितको लागी सोच्न र संघलाइ बिचार र अनुभवमा अझै परिष्कृत र अझै धनी बनाउन पनि निश्चित रुममा निकै लाभदायक सावित हुनेछ।

एनआरएन र युरोपेलीहरु संगको सम्बन्धमा जोड दिनु पर्छ:
युरोपलीहरु सँग भएको ज्ञान, सिप र लगानी समेत हामी एनआरएनहरु सँगै नेपाल भित्रियोस भन्नेमा मेरो बिशेष जोड हुने छ । आज युरोप सम्पनताको उपनाम जस्तै भएको छ। शिक्षा, स्वास्थ, बिकास, बातावरण, अनुसन्धान लगाएत सबै क्षेत्रमा उनिहरुलेठुलो फड्को मारिसकेका छन। तर हाम्रो देशमा थुप्रै गर्न बांकि नै छ। यी बिषयहरुमा नेपाल सरकारलाई सहयोग पुर्‍याउन आगामी दिनमा हामी एनआरएनले युरोप र नेपालबिच बिशेष पुलको भूमिका खेल्न सक्छौं।

आउने दिनमा हामिले एनआरएन, दुतावास, उद्योग वाणिज्य संघ र युरोपेली लगानीकर्ताहरु सँग आपसी समझदारी, संमन्वय र सहकार्य गर्ने अनुकुलवातवरण कसरी तयार पार्ने भन्नेमा पनि केन्द्रित हुनु जरुरी छ। युरोपेलीहरु सँगैमिलेर समय समयमा आवस्यक अध्यन, अनुसन्धान, सेमिनार, गोस्ठी, प्रकाशनहरु युरोपको बिभिन्न स्थानमा र बिभिन्न भाषामा तयार पारी हाम्रो सोच, मान्यता र उदेस्यहरु उनिहरुलाई बुझाउन सक्नु पर्छ र युरोपमा प्रचार पनि गर्न सक्नु पर्छ।

नेपाल उद्योग गर्न लायक भूमि हो। नेपालमा उद्योग व्यवसाय गर्न दिनानुदिन अनुकुल वातावरण तयार भैरहेको छ र गैर-आवासीय नेपाली संघले यहाँ हरुलाई आवस्यक सबै सहयोग गर्नेछ भन्ने कुरामा हामीले युरोपेलीहरुलाइ विश्वस्त बनाउन निरन्तर प्रयास गरि रहनु पर्छ ।

  • यहाँको जित्ने आधारहरु केके छन ?

लामो समय देखी नै एनआरएन अभियानमा मैले सँधै सक्रिय भुमिका खेलेको छु। संघको विभिन्न समिति, उप-समितिहरुमा रही खटेर काम गरेको साथीहरुलाइ थाहा छ।  दुई दशक देखी युरोपमा बसी अध्ययन गरेर, बिश्वबिद्यालयमा पढाएर, आफ्नै कम्पनी खडा गरी ब्यबसाय पनि चलाएको छु। भिभिन्न युरोपेली मुलुकहरुको भ्रमण गरी युरोपलाइ चिनेको छु। युरोपबासी नेपालीहरुले खेप्ने दुख-सुखलाइ भोगेको छु र बुझेको छु। कतिपय गैर-आवासीय नेपाली संघको सदस्य साथीहरुलाइ नजिकबाट चिनेको पनि छु। अनि म आफ्नो लगनशीलता, स्वच्छ बिचार र जुन सहयोगी मन छ नि, हो म त्यसमा विस्वास गर्दछु।

  • तपाईको विचारमा अबको एनआरएनए कस्तो बनाउनु पर्ला ?

म फेरि पनि दोहोर्याउन चाहन्छु, गैर-आवासीय नेपाली संघमा मेरो कार्य क्षेत्र बिसेस गरी युरोप हो। त्यसोभएको हुनाले एनआरएन युरोपको बारेमा चर्चा गरौं। यहाँ हामीले गर्ने राम्रा कामहरुलाइ अन्य क्षेत्रका एनआरएनले पनि अनुसरण गर्न सक्छन ।

युरोप क्षेत्रीय संगठन लाइ बढि सक्रिय र रचनात्मक बनाउने:
तिसौं देश भएको युरोपभरी बस्ने नेपालीहरुलाइ संगठित पार्न एक संयोजक र दुई उप-संयोजकले सिङै महादेशमा प्रभावकारी ढंगले काम गर्न सक्छन? सक्दैनन । यहाँको क्षेत्रीय समिति अन्तर्गत आर्थीक र प्राविधिक साधन र स्रोत हुनु पर्दैन ? अबस्य पर्छ ।

गैर-आवासीय नेपाली संघ र बिसेस गरी युरोप क्षेत्रीय समितिलाई अझै बढी सक्रिय र उपलब्धि मुलक बनाउन निम्न लिखित चार प्रस्तावहरु राख्ने छु :

१. कोषाध्यक्ष र सचिव सहितको युरोप क्षेत्रीय उप-संयोजक कम्तीमा पनि ३ जना हुनु पर्छ । जसमा उत्तर युरोप, पुर्वी युरोप र दक्षिण युरोपको प्रतिनिधित्व संवन्धित उप-संयोजकले गरुन। अझ मध्य युरोपको प्रतिनिधित्व गर्ने चौथो उप-संयोजक पनि थप्न सैकिन्छ। यो बिषयममा रुचि पनि भएका र क्षमता पनि भएका साथीहरुको हामी माझ कमि छैन।
उदाहरणको लागी – जसरी ग्रिसमा बस्ने उप-संयोजकलाइ नर्वे वा स्विडेनमा आउन जान कठिन हुन्छ । त्यसरी नै बेलायत वा आयरल्याण्डमा बस्ने उप-संयोजकलाई पोल्याण्ड वा रुमानियामा आवत जावत गर्न सहज नहोला ।
गैर-आवासीय नेपाली संघ दिनानुदिन ठुलो हुँदै गइरहेको अवस्था छ। सदस्य संङ्ख्या पनि प्रत्येक साल बढीरहेको छ र गर्नु पर्ने कुराहरु पनि पहिला भन्दा आज धेरै छन। त्यसो हुनाले जिम्वेवारी बाँड्न मिल्ने स्थानहरु संघ भित्र थप्नु वा स्रिजना गर्नु आजको आवस्यकता हो ।

२. संस्थालाई बढी प्रभावकारी बनाउन बिभिन्न क्षेत्रमा दक्षता भएको एन आरएनहरुलाइ बिसेस रुपमा सक्रिय बनाउन सक्नु पर्छ र उपयुक्त योजनाहरु लागू गर्नु पर्दछ। योजनाहरु तयार पारी लागू गर्न स्रोत र साधनको सहि तरीकाले परिचालन गर्न सक्नु पर्छ । त्यो स्रोत र साधन युरोपको क्षेत्रीय समितिले जुटाउन सक्नु पर्यो। त्यसको लागी युरोपबासी एनआरएनहरुको सदस्यता शुल्कको एक हिस्सा युरोप क्षेत्रीय समितिले युरोपमै संगठन बलियो बनाउन प्रयोग गर्नु पर्छ र गर्न पाउनु पर्छ। आवस्यक स्रोत र साधन जम्मा गर्ने अरु उपायहरु पनि खोजिनु पर्दछ।

३. साना-ठुला सबै खाले मुलुकमा बस्ने नेपालीहरुलाइ उत्तिकै महत्वका साथ गैर-आवासीय नेपाली संघमा सक्रिय भुमिका निर्वाह गर्न सक्ने वातवरणको बिकास गर्न मिस्रित चक्रिय प्रणालीबाट युरोप क्षेत्रीय नेतृत्व चयन गर्ने ब्यबस्था मिलाउनु पर्दछ । जस्तो युरोपली सँघकै उदाहरण लिउ न, त्यहाँ मिश्रित चक्रीय प्रणाली बाट नै सानो ठुलो सबै देशले नेतृत्व लिन्छन।

यदि संस्थाको पक्षमा र सबै एनआरएनहरुको हितमा हुन्छ भने यो सिद्दन्त हामीले पनि किन न अपनाउने ?

४. त्यसैगरी उमेद्वार र संम्मेलनमा सहभागीहरुलाई अधिक शुल्क तिराउने प्रक्रिया भन्दा विश्व भर बढी भन्दा बढी सदस्यहरु बनाएर उनीहरुको सक्रियता र समर्थनको आधार बलियो बनाएर लैजाने मेरो प्रस्ताव हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *