एनआरएनए मलेसियाको अध्यक्षमा खगेन्द्र न्यौपाने निर्विरोध निर्वाचित

भाद्र ७, २०७४ – गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको अध्यक्षमा खगेन्द्र न्यौपाने निर्विरोध भएका छन् । अध्यक्ष पदका अर्का उम्मेदवार रमेशप्रसाद तिवारीले उम्मेदवारी फिर्ता लिएपछि न्यौपाने निर्विरोध अध्यक्षमा चयन भएका छन् ।

सहमतिमा नेतृत्व चयन गर्ने संघको मर्म र सबैको हितका ला

गि आफूले उम्मेदवारी फिर्ता लिएको तिवारीले बताए । अध्यक्षमा निर्विरोध भएपछि अध्यक्ष न्यौपानेले सबैलाई समेट्दै संघलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे । अध्यक्षसहित ३० सदस्यीय समिति निर्विरोध चयन भएको हो तर उनीहरुले यही अगस्ट २७ मा हुने पाँचौं अधिवेशन कार्यक्रममा औपचारिक रुपमा शपथ लिनेछन् ।

अध्यक्षमा चयन भएका न्यौपाने यसअघि अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्य रहिसकेका व्यक्ति हुन् । उनी करिब एकदशक अघिदेखि मलेसियामा व्यवसायमा संलग्न छन् । संघको उपाध्यक्षमा शुभद्रा लिङ्देन, श्यामकला तिवारी र टेकबहादुर टमोटा चयन भएका छन् । त्यस्तै, महासचिवमा लालबहादुर आले, सचिवमा रञ्जितकुमार क्षेत्री, कोषाध्यक्षमा मिमलाल शर्मा, महिला प्रतिनिधिमा सुकमाया थापा र युवा प्रतिनिधिमा ज्ञानेन्द्रबहादुर सिंह निर्विरोध भएका छन् ।

सदस्यहरुमा क्रमश: कृष्णप्रसाद नेपाल, हरिप्रसाद कोइराला, अस्मिता सुवेदी, नन्दबहादुर क्षत्री, दीपक अधिकारी, गणेश अधिकारी, बत्तमबहादुर, सुवासचन्द्र पौडेल, बलबहादुर राई, दिलकुमार केरुङ, ईन्द्रनारायण लिम्बू, रामहरि सापकोटा, रामचन्द्र नेपाल, वीरेन्द्रकुमार नेगी, जीवनबहादुर घिसिङ, राजु ढुंगाना, पासाङ लामा, हेमराज सापकोटा, रेशम खत्री, श्रद्धा देवान र राजेन्द्रकुमार श्रेष्ठ चयन भएका छन् ।
संघको एक आईसीसी सदस्य पदका लागि भने निर्वाचन हुने भएको छ । यद्यपि उक्त पदका उम्मेदवारहरु विश्वविक्रम राई र महेन्द्रजंग शाहबीच सहमति प्रयास भइरहेको छ ।

साभार: कान्तिपुर – www.ekantipur.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *